नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, जेठ ८ गतेसम्म भर्न पाइने

  २०७५ वैशाख ५ गते ९:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन १०० प्रतिशत अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सेयर निष्कासन जेठ ८ गतेसम्म रहेको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्कासनका लागि दरखास्त पाइने र रकम बुझाउन एनआईबीएलको लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटबल, वीरगञ्ज, र विराटनगरबाट पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.