सुविसुले ‘क्लियर टीभी’ सेवामा २५० भन्दा बढी डीजीटल र एचडी च्यानलहरु विस्तार गर्यो

  २०७५ वैशाख ४ गते २२:५३     विकासन्युज

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टीभी सेवामा २५० भन्दा बढी डीजीटल च्यानलहरु बिस्तार गरेको छ ।

त्यसमा ६० भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । सुविसु हाल नेपालकै सबैभन्दा बढी एचडी तथा डीजीटल च्यानल सेवा प्रदायक कम्पनी भएको जनाइएको छ ।

खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवन शैली अन्तर्गत पर्ने २५०भन्दा बढी डीजीटल एचडी च्यानलहरुले दर्शकहरुको आफ्नो रोजाइको च्यानल छनौट गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

क्लियर टीभी सेवामा हाल ग्राहकहरुका लागि रु १ हजार ९९९ को अफर समते कम्पनीले ल्याएको बताएको छ । जसमा ग्राहकहरुले सेट टप बक्स, इन्स्टलीङ र २ महिनाको सबक्रीप्सन सेवा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

कम्पनीको अनुसार क्लियर टीभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध छ । प्रतिमहिना न्युनतम रु ५०० देखि रु ७०० सेवा शुल्क रहेको छ । साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवाखरिद गर्दा बिषेश छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरुले क्लियर टिभी इन्टरनेट सेवाको प्याकेजहरु पनि उपर्युक्त मुल्यमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
सुविसुले आफ्ना ग्राहकहरुलार्ई डीजीटल टिभी र इन्टरर्नेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.