सिजी स्मार्टफोनद्धारा ‘ओमेगा ६’ माेबाइल नेपाली बजारमा, मूल्य ९ हजार ७७७ रुपैयाँ

  २०७५ वैशाख ४ गते १८:३६     विकासन्युज

काठमाडौं । सिजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन–ओमेगा ६ स्मार्टफोन ल्याएको छ । कम्पनीले आफ्नो ओमेगा ६ तीन क्यामरा भएको स्मार्टफोन मूल्य ९ हजार ७७७ रुपैयाँ सहित बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन ब्ल्याक र गोल्डेन कलरमा उपलब्ध हुन्छ ।

यो स्मार्टफोनमा उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित १३ मेगापिक्सेल प्लस २ मेगा पिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा रहेको छ । फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउँछ । ओमेगा ६ लाई उत्कृष्ट बजेट स्मार्टफोनको रुपमा परिभाषित गर्न यो फोनमा फिंगर प्रिन्ट अनलक समेत दिईएको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउँछ ।

ओमेगा ६ मा ड्यूलसिम सपोर्ट गर्दछ । यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म थप गर्न सकिन्छ जसमा तपाईँले आफुले चाहे अनुसारको गेमहरु, एप्स, तस्विरहरु, भिडियोहरु लगायतका आवश्यक डाटाहरु राख्न सक्नेछन् ।

गूगलद्धारा प्रमाणित एन्ड्रोयड ७.० नगेट अपरेटिंग सिस्टममा आधारित ओमेगा ६ स्मार्टफोनमा वाईफाई, ब्लूटूटथ, यूएसबी, थ्रीजी कनेक्टिभिटी रहेको छ । यो फोनमा २,६०० एमएएच ब्याट्री राखिएको छ, जसले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ जून यो मूल्य श्रेणीका फोनहरुमा हुँदैन । यसको मूल्यको आधारमा यो बजेट स्मार्टफोन खरिदको निर्णय महत्वपूर्ण हुनेछ, जसमा ग्राहकलाई आवश्यक सम्पूर्ण विशेषताहरु समावेश भएका छन् ।
ओमेगा ६ स्मार्टफोन देशभरिका मुख्य रिटेल स्टोरहरुमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.