धितोपत्र बोर्डले लिन्च स्टक मार्केटलाई किन लगायो ५० हजार जरिवाना ?

  २०७५ वैशाख ४ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल/निक्षेप सदस्य लिन्च स्टक मार्केट लिमिटेडलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचबुझ नगरेको र ग्राहक परिचय विवरणमा त्रुटी देखिएकोले सो मात्राको जरिवाना लगाएको हो ।

बोर्डले छानविन गर्ने क्रममा यस कम्पनीले झुठा विवरणको आधारमा डिपि एकाउन्ट खोली सेयर कारोवार गरेको भेटेपछि सो मात्राको जरिवाना लगाएको हो । बोर्डले धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्था पालना नगरेकोले उक्त स्टक मार्केटलाई कारवाही गरेको बताएको छ ।

धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्ने, निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गर्नुपर्ने छ । त्यसपछि मात्र धितोपत्र खाता खोल्ने, हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड/केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रकृया पूरा गर्नुपर्ने छ ।

साथै, ग्राकहको सही रुपमा पहिचान तथा सो को सम्पुष्टि भरपर्दो स्रोतवाट कागजात तथ्याङ्क वा जानकारीका आधारमा खाता खोल्ने वा व्यवसायीक सम्वन्ध स्थापना गर्नुपर्ने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.