सेयर बजार ३३ अंकले बढ्दा सबैभन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको, यस्तो छ कारण

  २०७५ वैशाख ४ गते १५:२२     विकासन्युज

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली देखिएको छ ।

मंगलबार ९५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३७ करोड ७२ लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।मंगलबार व्यापार बाहेक, बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन र लघुवित्त समूहको सेयर मूल्य बढेको छ ।

कारोबार रकममा उच्च वृद्धि देखिएको सो दिनको बजारमा यस कम्पनीको मात्रै ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि लगानीकर्ता सूर्या लाइफमा झुम्मिएका हुन् ।

कम्पनीको करिब १००० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमा आउने भएपछि सेयर लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले सेयर कारोबार बढेको हो । कम्पनीले जारी गरिरहेको उक्त हकप्रद सेयरको म्याद भोलिदेखि बन्द हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.