राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनकाे निर्देशन

  २०७५ वैशाख ४ गते १२:५७     विकासन्युज

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४, ०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्रीपुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

नीतिगत तहकाकर्मचारी सहभागीउक्त बैठकमा मन्त्रीपुनले राष्ट्रिय गौरवकाआयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनिबाहानामाविकासकाआयोजना रोकिन नहुने बताए । उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘राष्ट्रिय गौरवकाआयोजना रोकिनु भएन, बजेटको समस्याभए मन्त्रालयबाट समाधान हुन्छ ।’ मन्त्रीपुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिला सुस्ती नगर्न निर्देशन दिए । ‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ, समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’

मन्त्रीपुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिकानिर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्रीपुनलेमुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकाशकाआयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए ।

मन्त्रीपुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैविच समन्वय हुनुपर्नेमा जोड दिए ।
समितिको बसेको पहिलो बैठकमा मन्त्रीपुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.