सिण्डिकेटको माग गर्दै व्यवसायीले यातायात ठप्प पार्ने तयारी

  २०७५ वैशाख ३ गते २०:०८     विकासन्युज

 

काठमाडौं ।सिन्डिकेटको माग गर्दै यातायात व्यवसायीले आन्दोलन गर्ने भएका छन् । सरकारले सिण्डिकेट हटाउने भएपछि यसलाई कायम राख्न भन्दै यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने भएका हुन् ।

सरकारले हालै लागु गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै यायातात व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्दोलन गर्ने जानकारी दिए । उनले मंगलबार महासंघको बैठकले निर्णय गरी बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सबै यातायातका साधन बन्द र माग पुरा नभए २६ गतेदेखि यातायात ठप्प पार्ने चेतावनी दिएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.