जेठको दोस्रो सातादेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने, सिमेन्टको मूल्य के होला ?

  २०७५ वैशाख ३ गते १८:०७     विकासन्युज

काठमाडौं । आउँदो जेठको दोस्रो सातादेखि नेपाली बजारमा ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो ।

यसअघि फागुनदेखि नै सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको होङसीले कारखाना परीक्षणलगायत अन्य प्राविधिक काम बाँकी भएपछि सिमेन्ट उत्पादन २ महिना ढिलाइ हुन पुगेको हो । होङसीले सिमेन्ट उत्पादन थालेपछि आपूर्ति बढ्न गई बजारमा मूल्य घट्ने अनुमान गरिएको छ ।

आउँदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने तयारी थियो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । उद्योगले सिमेन्ट उत्पादन मे महिनाको अन्त्यदेखि शुरु गर्ने पुष्टि गरेको छ ।

उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ ।

होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम शुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ ।

गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ ।

चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।

बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ । कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ । चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.