माछापुच्छ्रे बैंकद्धारा खाद्यान्न वितरण

  २०७५ वैशाख ३ गते १८:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्ता सामाजिकउत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ ।

बैंकले ८४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.