केरुङ-काठमाडौं रेल र तातोपानी नाका खोल्न परराष्ट्रमन्त्री चीन प्रस्थान

  २०७५ वैशाख ३ गते १७:३१     विकासन्युज

काठमाडौं । केरुङ काठमाडौं रेल, तातोपानी नाका र दुई देशबिच हुन सक्ने नयाँ परियोजनाबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन प्रस्थान गरेका छन् । चीनीयाँ विदेशमन्त्री वागं यीको निमन्त्रणामा ज्ञवाली चीन प्रस्थान गरेका हुन् ।

भ्रमणमा रेल तातोपानी नाका र दुई देशले सम्पन्न गर्न सक्ने नयाँ परियोजनाकोबारे ज्ञवालीले चीनीया समकक्षीसग  छलफल गर्नेछन् ।   भ्रमणमा निस्कनु अघि ज्ञावालीले पत्रकारहरुसँग कुरा गर्दै दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको यसै वर्ष हुने तर मिती तय भैनसकेको उनले बताए ।

विगतको दिनमा भएका सम्झौताको कार्यन्वयन, उर्जा पुर्वाधार विकासमा नयाँ परियोजना ल्याउन चीनीया पक्षसँग छलफल हुने ज्ञवालीले जानकारी दिए । तातोपानी नाका खोल्न चीनीयाँ पक्ष सकारात्मक रहेका छन् । भूकम्पपछि चीनीयाँ पक्षले अनुसन्धान गरिरहेको र नाका खोल्न उनीहरु सकारात्मक रहेको बताए । साथै बुढीगण्डगी जलविदद्युत आयोजनाकोबारे कुनैपनि कुराकानी नहने बताए ।

भ्रमणमा  ज्ञवालीले चाइनिज थिङक ट्याकं कार्यक्रममा सहभागी हुने र चीनीयाँ विदेशमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.