आइतबार गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ वैशाख २ गते १५:२५     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार समान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

कम्पनीले २० प्रतिशत हकप्रद सेयर दिने भएपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । इन्स्योरेन्सले हालै २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको हो । चुक्तापुँजी बढाउन कम्पनीले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको एकैदिन एक करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ ।

नयाँ वर्षको शुरुवातसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ । कारोबार खुल्ने बित्तिकै ओरालो लागेको बजार बन्द हुँदा २.६० अंकले बढेर १२८० अंकमा पुगेको छ ।

समग्रमा आइतबारको बजारमा सबैभन्दा बढी ३० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५९ कम्पनीको ६ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७८ प्रतिशत कमाएका छन् । उता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् । सो दिन सबैभन्दा बढी बीमा समूह ८३.८४ अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.