यस्तो छ २०७५ सालको आर्थिक राशिफलः धनु, कर्कट र मकर राशिलाई यो वर्ष सेयर बजार नफाप्ने

  २०७५ वैशाख १ गते १५:५६     विकासन्युज

ज्यो.प. नारायणप्रसाद दुलाल

मेष:
मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि पनि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार,असोज, माघ र फाल्गुनमहिनामा अधिक लाभ मिल्नेछ ।

वृष
वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल अर्थदायीनै रहनेछ । व्यापार वा व्यवसायिक दृष्टिले विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट अझ बढी उत्तम फलदायी रहने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट विशेष सफलता मिल्नेछ । स्वास्थ्य तथा बीमाबाट भने नोक्सान हुनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । वाहनबाट त्यति फाईदा नहोला । व्यवसायिक दृष्टिले असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् ।

मिथुन
मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्य भागमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । व्यावसायिक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुनेछ । घर जग्गाको कारोबारबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । वैदेशिक लगानीका लागि समय राम्रो छ । तथा कृषि क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने केही उतारचढाव हुनेछ । आर्थिक दृष्टिले श्रावण, असार, कार्तिक, पौष , फाल्गुन र माघ महिना खर्चदायी हुनसक्छ । बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् ।

कर्कट
कर्कट राशि हुनेहरूकालागि यो वर्षआर्थिक दृष्टिले वर्षको पूर्वार्ध उन्नतिकारक रहनेछ । विद्या,बुद्धि र सन्तान सुख मिल्नेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । वर्षको उत्तरार्धमा खर्चमा वृद्धि हुनेछ । चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ र श्रावण, कार्तिक र फागुन महिना खर्चिलो रहने देखिन्छ ।

सिंह
सिंह राशि हुनेहरूकालागि २०७५ सालमा आँटेको र ताकेको कार्याहरू पूराहुनेछ । यो बर्ष आर्थिक हिसावले निकै राम्रो एवम् सुखद् रहनेछ । छ । गरेको कार्यमा सफलता मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । मंगल कार्यको अवसर मिल्नेछ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राको योग पनि देखिन्छन् । तपाईको राशिबाट वर्ष भरिनै पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नी तथा चोरको भय रहनेछ ।वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ ।

कन्या
कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभरअशुभ मिश्रीत फल मिल्नेछ । वर्षको पूर्वार्धमा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ ।आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म मानशिक चिन्ता बढाउनेछ । गरेको कार्यमा नोक्सानी वेहोर्नु पर्नेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ ।फाल्गुन २० बाट भौतिक सुख प्रदान गर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई आत्मघाती कार्यगर्न पुगिएला सचेत रहनुहोला ।साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला ।

तुला
तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । नयाँ कार्यको योजनाले पूर्णता पाउनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरिएको लागानीबाट राम्रै प्रतिफल पईनेछ । वित्तिय संस्थाको लगानी फस्टाउनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । खाद्यान्नको लगानी फलदाई हुनेछ । तर वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थीर रहने देखिन्छ ।

वृश्चिक
वृश्चिक राशि हुनेहरूको लागि २०७५ सालको पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यावसायबाट अपार एवम् चमत्कारी ढंगले सफलता मिल्नेछ । यो वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोट पटकको भय रहनेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् ।

धनु
२०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई शुभ र अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म धन, विद्या र बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि निकै फाइदाजनक देखिन्छ । आश्विन १९ गतेबाट खर्च बढ्नुका साथै विदेशीनु पर्नेछ । साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्तसमय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यकविविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथाकार्यमा ढिलासुस्ती हुनेछ । आर्थिक दृष्टिले जेठ, असोज,कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् ।

मकर
२०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्य तथा समाजिक कार्यमा प्रगति हुनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर जग्गा तथा स्थायी सम्पतिबाट भने सफलता मिल्नेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनु होला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । वर्षभरिनै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भनेवैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् ।

कुम्भ
कुम्भ राशि हुनेहरूका लागि २०७५ साल सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पद प्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । व्यवसायिक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । घर, जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउन सक्छ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । वर्षको उत्तरार्धमा अनावस्यक खर्च र मानसिक चिन्ता बढ्नेछ । यान्त्रिक वस्तुका साथै अग्नि जन्य कुरा हानिकारक रहनेछन् । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ ।

मीन
मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ सालमा मिश्रीत फल मिल्नेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैंकिङ कारोबारबाट अधिक फाइदा हुनेछ फेन्सी तथा सजावटिका व्यवासायिलाई मनग्य फाइदा हुनेछ । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा शरीरमा आलस्य र मनमा निराशा छाउने छ । सवारी साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । जेठ महिनामा केही धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् भने असार, कार्तिक र फागुन महिना खर्चिलो रहनेछ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल, सम्पर्क ९८४९५५९५०२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.