डढेलधुराको अमरगढीमा सानिमा लाइफ इन्स्योरेन्सकाे नयाँ शाखा

  २०७५ वैशाख १ गते ८:३४     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने कार्य अगाडी बढाएको छ ।

जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने उद्देश्यले डढेलधुरा जिल्लाको अमरगढी नगर पालिकामा शाखा कार्यालय खोलेको जनाएको छ ।

कम्पनीको मुख्य प्रबन्धक गणेश चौलागाई र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थितिमा उक्त शाखाको विधिवत उद्घाटन गरेको जानकारी दिएको छ ।

हाल कम्पनीको अधिकृत पूँजी रु ३ अर्ब, जारी पूँजी २ अर्ब, चुक्ता पूँजी १ अर्ब ४० करोड, जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड रहेको कमपनीको भनाइ छ । कमपनीको अनुसार निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्ता पुँजी रु.२ अर्ब कायम गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.