एनआईसी एशिया क्यापिटल निशुल्क लगानी सचेतना अभियानमा सक्रिय

  २०७४ चैत ३० गते २३:४८     विकासन्युज

काठमाडौं । लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको छ ।

अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै आएको छ ।

विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी एशिया क्यापिटलले निस्शुल्क रुपमा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

अभियान अन्तर्गत हाल सम्म २० भन्दा बढी संस्थाहरुमा एनआईसी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । कम्पनीको अनुसार इच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने बताइकोे छ ।

लगानीकर्तालाई सवल, सुचित तथा उपयुक्त निर्णय लिन क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निशुल्क डिम्याट सेवा कम्पनीले प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.