नयाँ वर्षमा एनटीसीकाे चार नयाँ अफर, रू १५ मा १ जीबीदेखि ७ हजारमा एक वर्षसम्म चल्ने डाटा प्याकेज पाइने

  २०७४ चैत ३० गते १३:२४     विकासन्युज

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमार उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने जनाइएकाे छ। कम्पनीकाे अनुसार अफर बैशाख १५ गतेसम्म लिन सकिनेछ ।

अफरहरु यस्ता छन् :-

ह्याप्पी विकेन्ड प्याक

जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि रहनेछ ।

अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक

जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने कम्पनीको भनाइ छ ।

एडीएसएल भोलुम बेस्ड प्याकेज

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

एडीएसएल अनलिमीटेड प्याकेज

कम्पनीले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीकाे भनाइ छ ।

ती विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ ह्याज डायल गर्न सक्नेछन‍् । जहाँबाट डाट प्याकको बारेमा बुझ्न र लिन सकिने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.