ग्रेट महाभारत ट्रेल पदमार्ग खाेज्दै अध्ययन टाेलि, प्रारंभिक चरणनै भेटिए प्रशस्तै सम्भावनाहरू (फोटो फिचरसहित)

  २०७४ चैत २७ गते २१:१८     विकासन्युज

काठमाडौं । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।

अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङनकर्ता लगायतका विज्ञहरु सहभागी रहेको जनाइएको छ । टोलीले नमोबुद्धबाट सिन्धुलीगढी हुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको जानकारी दिएको छ ।

सिन्धुलीगढी नपुग्दै दैनिक पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको टोलिमा सहभागी अभियन्ता सौरभ ढकालले बताए ।

ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका उनको भनाइ छ । मौसममा सुधार हुनासाथ यात्रालाई निरन्तरतता दिने बताइएको छ ।

समृद्ध सिन्धुली अभियानको टोलि पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । उनले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनको भनाइ छ ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । ‘यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्न समेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने ।

आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए ।

अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको छ ।

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठको भनाइ छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटलरएनालग नक्सा, फोटोरभिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरेका छौं,’ उनले भने ।

यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए ।

महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटी लगायतका संस्थाले सघाएका जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.