फोहोरको व्यवस्थापन मुलुकको लागि चुनौति, पानीलाई शुद्ध पार्न ९ गुणा खर्च लाग्ने

  २०७४ चैत २६ गते १५:३९     विकासन्युज

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरक्षण र प्रत्याभूतिको लागि फोहर पानी र ढलको समूचित प्रशोधन र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट सिकाई विषयक राजधानीमा शुरु भएको एक दिवसीय अन्तराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले फोहोरको व्यवस्थापन गर्नु पर्ने आवश्यकता महसुस गरेका थिए ।

कार्यक्रममा उनले पानीको अभावलाई पूर्ति गर्ने, वातावरण स्वच्छ पार्ने र सफा पानीको स्रोतलाई जोगाउनका लागि फोहर पानीको प्रशोधन अनिवार्य रहेको सुझाए । कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण, व्यवस्थापकीय पक्षहरुलाई संबोधन गर्दै सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाच्न पाउने नेपाली नागरिकको अधिकारको प्रत्याभूति गरिने उनको प्रतिवद्धता छ ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले फोहरलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सकिने वताउदै भन्ने, ‘हरेक प्रकारको फोहर मोहरमा बदल्न सकिन्छ ।’ फोहर पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन ९ गुणा खर्च लाग्ने बताउदै प्रदुषण गर्नु अपराध भएकोले त्यस्तालाई दण्ड वा जरिवानाको सरकारले व्यवस्था मिलाउनु पर्ने उनको बुझाइ छ ।

उद्घाटन कार्यक्रमलाई वातावरण तथा स्वास्थ्य संस्थाका अध्यक्ष तथा वातावरणविद् भूषण तुलाधरले नेपालमा ९६ प्रतिशत घरपरिवारमा चर्पीको सुविधा भए पनि चर्पीमा जम्मा भएको फोहरको व्यवस्थापन चुनौति पूर्ण रहेको बताए ।

ढल र नालीबाट निसृत फोहर पानीको प्रशोधनमा ठूला प्रणाली सञ्चालन गर्दा पूर्वाधार निर्माण र फोहर प्रवाहित गर्न बढी खर्च हुने भएकोले साना वस्तीका फोहर स्थानीय तहमा नै प्रशोधन गर्ने प्रविधि र अनुभवहरुलाई बढाउदै लैजानु पर्नेमा उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.