१२० दिनसम्म चल्ने तङ्ग इल मोदोको प्रशिक्षण सुरू

  २०७४ चैत २६ गते ८:२३     विकासन्युज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो ।

नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा आइतबारदेखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण शुरु भएको हो ।

पूर्वमन्त्री एकनाथ ढकालले प्रशिक्षणको उद्घाटन गरेको बताइएको छ । उनले सो अवसरमा तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको जानकारी गराएका थिए ।

उद्घाटन कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगीले तालिमको उद्घाटनमा आउन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले खेलाडीले सिकेको शिप राष्ट्रको सम्पत्ति हुने बताए ।

तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुने बारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ती रहेको बताए ।

तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले जानकारी गराए ।

प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० युवा–युवतीहरूको सहभागीता रहेने आयोजकको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.