बीमासहित सिजीमोबाइल्सले ल्यायो आकर्षक ओमेगा सिरिजको स्मार्टफोन, मुल्य १३ हजार

  २०७४ चैत २५ गते १६:४२     विकासन्युज

काठमाडौं । सिजी मोबाइल्स प्रालि चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी इलेक्ट्रोनिक्स ब्राण्डले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ ।

स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टम समावेश गरिएको छ । जसमा ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । डिस्प्ले १८ः९ रेसियो फुल भ्यूमा छ ।

फोटोग्राफीका लागि फोनमा रहेको उत्कृष्ट क्यामरा मध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ । सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीको भनाइ छ ।

त्यस्तै फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज हुने जनाएको छ ।

१६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरुले आफूले माइक्रो एसडी कार्डको सहयोगले फोनको स्टोरेज १२८ जीबीसम्म थप गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीकोअनुसार फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर राखिएको छ ।

स्टेट अफ आर्टमा आधारित आकर्षक देखिने फोनलाई १८ः९ फुल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको जनाएको छ । फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु रहेको बताइएको छ ।

उक्त स्मार्टफोन ओमेगा ८ को मूल्य कम्पनीले १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सेट एक वर्षको बीमासहित उपलब्ध गराएको जानकारी दिएको छ । सिजी मोबाइल्सका सर्भिस सेन्टर नेपालभर रहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.