डोनाल्ड ट्रम्पको टावरमा आगलागी १ जनाको मृत्यु ६ घाइते

  २०७४ चैत २५ गते ११:३८     विकासन्युज

काठमाडौं । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कमा रहेको ट्रम्प टावरमा आगलागी भएको छ । आगलागीबाट १ जनाको मृत्यु हुनुको साथै ६ जना घाइते भएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको निजी कार्यलय समेत रहेको टावरमा आइतबार आगलागी भएको हो । आगलागी के कारणबाट भएको भन्ने खुल्न सकेको छैन ।
आगलागी भएको समयमा ट्रम्प परिवारको कुनैपनि सदस्य नरहेको बताइएको छ । आगलागीको थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.