आरआर क्याम्पसले ५० हजार राशीकाे ‘उपकुलपति’ राष्ट्रिय भलिबल प्रतियोगिता अायाेजना गर्ने

  २०७४ चैत २५ गते १०:५९     विकासन्युज

काठमाडौं । राजधानीको प्रदर्शनी मार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ । आरआर क्याम्पसले  १० वर्षपछि उपकुलपति राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको हो ।

चैत २६ गतेबाट हुने सुरु हुने प्रतियोगितामा देशभरबाट २२ टिमको सहभागीता रहने स्ववियु सभापती तपेन्द्रजंग शाहीले जानकारी दिए । प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको शाहीले बताए ।

प्रतियोगिता नकआउट प्रणालीबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ३० हजार र तृतिया हुनेले २० हजार रुपैंया प्राप्त गर्नेछन् । त्युसैगरी उत्कृष्ट हुने खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.