कलेज पढ्ने १५ हजार केटीहरुले गरे गर्भपतन, बाँझोपनकाे जोखिम अधिक

  २०७४ चैत २३ गते १३:१२     विकासन्युज

काठमाडौं । २० वर्षभन्दा कम उमेरमा छोरीको विवाह गर्नु स्वास्थ्यको लागि हानिकार हुन्छ भनेर स्वास्थ्यकर्मीहरु, महिला अधिकारकर्मीहरुले बताउँदै आएको हामी धेरैले सुनेकै छौं । तर धेरैलाई थाहा छैन कि २० वर्षभन्दा कम उमेरमा नै यौन सम्पर्क गर्ने, गर्भधारण गर्ने र गर्भपतन गर्ने युवतीहरुको संख्या कहाली लाग्दो ढंगले वृद्धि भईरहेको छ ।

एक वर्ष अवधिमा स्कूल र कलेज बढ्ने उमेरका २० वर्ष मुनिका करिव १५ हजार केटीहरुले गर्भपतन गर्ने गरेको सरकारी आँकडाले देखाएको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसर नेपालमा आर्थिक वर्ष २०७२÷७३ को १४ हजार ६ सय ९९ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए ।

त्यसमा ७ हजार ३ जना केटीहरुले औषधी प्रयोग गरी गर्भ तुहाएका थिए भने ७ हजार ६ सय ९६ जना केटीहरुले शैल्यक्रिया गरी गर्भ फालेका थिए ।

यसरी गर्भपतन गराउँदा महिलामा रक्त अल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने गरेको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताउछन् ।

सबै भन्दा धेरै गर्भपतन काठमाडौँ जिल्लामा गराइन्छ । विभागका अनुसार काठमाडौंमा उक्त एक वर्षमा ४ हजार ७ सय १७ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । जसमा २ हजार ७ सय ८१ जनाले औषधी प्रयोग गरेका थिए भने १ हजार ९ सय ३६ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए ।

दाङ जिल्लाका १ हजार ६ सय २९ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए भने सर्लाही जिल्लाका ८ सय १ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए ।

६ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । रुकुम, बझाङ, मुस्ताङ, मनाङ, तेह्रथुम र रसुवामा कसैले पनि गर्भपतन गराएका थिएनन् ।

सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ ।

अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।

सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।

असुरक्षा र अज्ञानता

असुरक्षित यौन सम्पर्क र गर्भपतन गम्भिर समस्याको रुपमा अगाडि आईरहेको बताउँछिन् महिला अधिकारकर्मी एवं वरिष्ठ अधिबक्ता मिरा ढुंगाना । सुरक्षा व्यवस्था कमजोर भएकोले बलजफ्ती करणी बढेकोले र गर्भपतन पनि बढेको उनले बताइन् ।

समाजमा अरु धेरै कुरा कुलेर हुने भएपनि अझै स्कूल, कलेज र परिवारमा यौन शिक्षाको विषयमा खुलेर छलफल गर्ने अभ्यास नभएकोले पनि समस्या बढेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.