काठमाडौँ जिल्ला ३८ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिदै

  २०७४ चैत २२ गते २०:३२     विकासन्युज

काठमाडौं । काठमाडौँ जिल्लालाई चैत्र २६ गते पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको छ । चैत्र २६ गते काठमाडौँको टुडिखेमा उपराष्ट्रपति नान्दबाहदुर पुनको प्रमुख अथिति, मन्त्री र प्रदेशका मुख्यहरुको उपस्थितिमा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताए ।

हालसम्म ३७ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । अब काठमाडौँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेपछि ३८ औ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला हुने भएको छ ।

सुरुमा पूर्ण खोप सुनिश्चित घोषणा नवलपरासी जिल्लाले गरेको थियो । सरकारले सन् २०१७ सम्ममा सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य अझै पुरा भएको छैन ।

विजुक्षेका अनुसार बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुनेछ । काठमाडौँ जिल्ला भित्रको १२ देखि २३ महिनाका २२ हजार २ सय ५७ जना बालबालीकाहरुलाई बि सी जी, डी पी टि, पोलियो, जापानिज ईन्सिफ्लाईटिस र दादुराको खोप दिहिसकेको छ । स्वस्थ्य स्वयमासेविका मार्फत स्थानीय स्वस्थ्य कर्मिहरुले १२ देखि २३ महिना भित्रका सबै बालबालीकाहरुले खोप पाएको सुनिश्चित भैसकेको पनि विजुक्षेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.