रानीपोखरी पुनः निर्माणमा पराम्परागत सामानको प्रयोग गर्ने, जेठ १५ देखि काष्ठमण्डपको काम थाल्ने

  २०७४ चैत २२ गते १४:२३     विकासन्युज

काठमाडौं । राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर पराम्परागत निर्माण सामाग्रीको प्रयोग हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको बिहिबार बसेको वोर्ड बैठकले हाल प्रयोग भइरहेको आधुनिक निर्माण सामाग्री हटाइ पराम्परागत सामानको प्रयोग गराउने निर्णय गरेको छ । परम्परागत सौन्दर्यता कायम राखी रानीपोखरीको पुनःनिर्माण गर्ने निर्णय भएको छ ।

रानीपोखरीलाई सुन्दर बनाउन महानगरपालिका र पुरात्व विभागबीच समन्वय गरिने भएको छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्ड मन्दिरको पुनःनिर्माण जेठ १५ गतेदेखि गर्ने महानगरले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.