बीरगञ्ज, बुटवल र बिराटनगरमा एनआईबिएलएस क्यापिटलको नयाँ शाखा

  २०७४ चैत २० गते १९:०६     विकासन्युज

काठमाडौं । एनआईबिएलएस क्यापिटल लिमिटेडले एकै साथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको उक्त सहायक कम्पनीले आफुलाई अग्रणी रुपमा स्थापित गर्दै मर्चेन्ट बैंकिङ अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरुबाट सर्वसाधारणहरुलाई सेवा प्रदान गर्दै आएको बताइएको छ ।

हाल विस्तार गरिएको नयाँ शाखाहरुबाट शेयर निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरुलाई थप व्यवस्थित गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गरिरहेको बताएको छ । साथै बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

आफ्नाग्राहकहरुको विश्वास र व्यापकतालाई मध्यनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा समेत शाखा विस्तार गर्दै जाने योजना गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङगा पोखरा लगायत स्थानहरुबाट विभिन्न सेवाहरु उपब्ध भइरहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.