एक पैसा नतिरि पाए विपिन दाहालले यामाहा माेटरसाइकल

  २०७४ चैत १९ गते १९:११     विकासन्युज

काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार अपत्यारिलो खुसीको क्षण भएको छ । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाएका छन् ।

इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीले जनाएअनुसार उनले उक्त शोरुमबाट यामाहा एफजीएस एफआई खरिद गरेका थिए । नयाँ वर्षको योजना अन्तर्गत खरिद गरेको मोटरसाइकलमा स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनले १०० प्रतिशत क्यासब्याक लेखिएको कुपन पाएको जनाइएको छ ।

शोरुमको अनुसार उनले पाँचौं तथा अन्तिम स्क्र्याचमा क्यासब्याक पाएको हो । यामाहाले चैतको पहिलो ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको उक्त योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलार्इ कम्पनीले एउटा स्क्र्याच बुक उपलब्ध गराउने व्यवस्था गरेकाे छ ।

स्क्र्याच बुकमा पाँच वटा पाना हुने जनाइएको छ । जसमा ग्राहकले पाँच हजारदेखि सतप्रतिशत क्यासब्यकसम्मको उपहार योजना प्रदान गरिएको छ । उक्त योजना चैत १ बाट शुरु भएको र ३१ बैशाखसम्म चल्ने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.