चीनले अमेरिकासंग लियो बदला, अमेरिकी सामानमा भन्सार २५ प्रतिशत बढायो

  २०७४ चैत १९ गते १०:२७     विकासन्युज

काठमाडौं । विदेशी स्टील र एलुमिनियमा कर बढाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकी वस्तुमा भन्सार दर बढाएको छ।

चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयात गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको छ। चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ।

अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको बेइजिङले जनाएको छ।यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो।

ट्रम्पले व्यापार युद्धहरू राम्रो हुने र त्यस्तो स्थितिमाथी जित हासिल गर्नू अमेरिकालाई सहज हुने बताएका थिए।वासिङ्टनस्थित बीबीसी संवाददाता क्रिस बक्लर भन्छन् अमेरिकी अधिकारीहरूले भन्सार दर बढाउन सकिने १० औं अर्ब डलर बराबरका अन्य चिनियाँ सामानहरूको पहिचान गरिसकेको बताएका छन्।

त्यसले दुई देशबीच थप व्यापार युद्ध हुने सम्भावनालाई बल दिएको छ। अमेरिकाबाट आउने सुख्खा फल, जिन्सेङ वाइन र स्टिल बारमा १५ प्रतिशतले भन्सार दर बढ्ने चीनको भनाइ छ। उस्ले थप बस्तु र सामानमा भन्सार बढ्न सक्ने संकेत गरेको छ।

मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो।

अमेरिकाको भनाइमा चीनले वर्षौंदेखि गरिरहेको भनिएको प्रतिलिपि अधिकारको चोरीको बदलामा त्यस्तो कदम चालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.