गर्मी भगाउन स्प्राईटको समर क्याम्पेन सार्वजनिक

  २०७४ चैत १८ गते १५:१५     विकासन्युज

काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ ।

कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना सञ्चालनमा ल्याएको छ । उक्त ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ थिमको समर क्याम्पेन आफ्ना उपभोक्ताको गर्मी भगाउन कम्पनीले ल्याएको जनाएको छ ।

नयाँ स्प्राइटको टिभिसी एक ‘सरप्राइज’को रुपमा आएको कम्पनीले बताएको छ । कन्सेप्टको बारेमा जानकारी दिदै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले स्प्राईट एउटा रिफे्रसिङ चिसो पेय पदार्थ हो, जसले प्यास मेटाउँछ र दिमागलाई ताजा बनाउने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.