आशा लघुवित्तले जारी पूँजी दोब्बर तथा चुक्ता पूँजी १४ करोड पुर्याउने

  २०७४ चैत १८ गते १४:३३     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयमा सम्पन्न भएको विशेष साधारण सभाले हाल रहेको अधिकृत तथा जारी पूँजी रू. १० करोडलाई बृद्धि गरि २० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै १ः१ बराबर हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रू १४ करोड पुयाउने समेत निर्णय गरेको छ ।

संस्थाकाे फागुन मसान्तसम्ममा संस्थाको ग्राहक सदस्य २८ हजार ५३५, लगानीमा रही रहेको कर्जा १ अर्व एक करोड ४६ लाख ३१ हजार र बचत १८ करोड २ लाख ९५ हजार रहेको छ ।

संस्थाले २३ जिल्लामा ३६ वटा शाखा कार्यालयहरुमार्फत न्युन आय भएका तथा विपन्नवर्गका महिलाहरुलाई कर्जा प्रदान गरेर उद्यमशील बनाइ रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.