महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांश स्वीकृत

  २०७४ चैत १५ गते १८:३८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रस्तावित ९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने छ ।

बैंकले पेश गरेको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो ।
हाल बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस बैंकको नेपालभरी जम्मा ७१शाखा रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.