पूँजी सृजना र उद्योग विकास नै समाजवाद–उपराष्ट्रपति पुन

  २०७४ चैत १५ गते १७:२२     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएको बताए । उनले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने जानकारी दिए ।

नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको बिहीबार भएको भेटवार्ताको अवसरमा उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको जनाए ।

विकास नभएको दोष र जिम्मा कसैले लिने र दिनेभन्दा पनि भएका कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वास गर्दै अघि बढ्नु पर्ने धारणा उनको थियो । उनले पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भन्दै सरकार त्यसै त्यो बाटोमा अघि बढेको जानकारी दिए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको लक्ष्य आर्थिक समृद्धि भएकोले यसालई कार्यान्वयन गर्न पर्नेमा जोड दिए । उनले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराउदै हस्तान्त्रण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.