सिताराम दुधको बिक्री केन्द्र कुलेश्वरमा

  २०७४ चैत १५ गते १६:३३     विकासन्युज

काठमाडौं । सिताराम गोकुल मिल्कस् काठमाण्डौ प्रा.लिले आफनो आधिकारिक बिक्री केन्द्र ‘सिताराम डेरी बिक्री केन्द्र’ कुलेश्वरमा बिहीबारबाट खोलेको छ । उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सिताराम गोकुल मिल्कसद्धारा उत्पादित सिताराम दुध, घ्यु, पनीर, बटर, दही तथा पेडाहरु बिक्री गरिनेछ ।

ग्राहक एवं उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै प्रालिले सर्बसुलभ तरीकाले आफ्ना उत्पादनहरु उपलब्ध गराउने यस बिक्री केन्द्रको उदेश्य रहेको छ ।

यस आधिकारिक बिक्री केन्द्रको उद्घाटन नेपाली चलचित्र क्षेत्रकी सफल निर्देशक एवं नायिका तथा हास्यकलाकार दिपा निरौला तथा जितु नेपालद्धारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दिनानुदिन मानिसहरुको दुध सेवन बृद्धि भएको तथा दुध एउटा कम्पिल्ट फुड भएको कारण यसको यस्ता बिक्री केन्द्रहरु खोलिदै जानु राम्रो भएको अभिनेत्री निरौलाले बताइन् । साथै, उनले स्वास्थ्यको लागिअति नै महत्वपुर्ण एवं मानिसको शरीरलाई चाहिने आवश्यक पोषण दुधबाट मात्र सम्भव भएको बताइन् ।

आज उद्घाटित यो बिक्री केन्द्र पहिलो भएको कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । साथै, उनले आगामी ६ महिनाभित्रमा काठमाडौंका विभिन्न स्थानहरुमा आफनो बिक्री केन्द्र खोल्दै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.