जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने

  २०७४ चैत १४ गते १८:३९     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो ।

हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ ।

भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ ।

देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.