अख्तियारको निर्देशनपछि नर्भिकमा सरकारी छापा, २४ घण्टा भित्र बिलबिजक बुझाउन निर्देशन

  २०७४ चैत १२ गते १९:०१     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानी स्थित थापाथलिमा रहेको नर्भिक अस्पतालमा सोमबार अनुगमन गरेको छ । अत्यधिक बढि शुल्क लिएको सेवाग्रहिको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धा आयोगको निर्देशनमा विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो ।

‘अनुगमनको क्रममा अस्पतालले आवश्यक बिलबिजक देखाउन सकेन,’ शाखा अधिकृत श्रेष्ठले भने ‘त्यसपछि हामीले २४ घन्टाभित्र आवश्यक बिलबिजकसहितको कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दियौं । त्यो पनि बुझ्न मानेन र मौखिक निर्देशन दिएर आएका छौं ।’ उनको अनुसार अझै पनि विभागले २४ घन्टासम्म पर्खेर हेर्ने, त्यस अबधिसम्म पनि कागजात नल्याएको खण्डमा  जस्ताको त्यस्तै रिपोर्ट अख्तियारलाई बुझाइने छ । त्यसपछि अख्तियारनै आगाडी बढ्ने उनको बुझाइ छ ।

केही समयअघि मात्रै पनि उक्त अस्पतालमा देब्रे खुट्टाको अप्रेसन गर्न भर्ना भएको बिरामीलाई दाहिने खुट्टाको अप्रेसन गरेको घटनाबाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.