राष्ट्रिय औद्योगीक वस्तु तथा प्रविधि प्रदर्शनी मेलामा जमराको जुस, के काम गर्छ यसले ?

  २०७४ चैत ११ गते १४:०२     राजाराम न्यौपाने

काठमाडौं । हामीले जमरा भन्ने वित्तिकै मकै, गहुँ, धान, जौलगायतका अन्न मिसाएर दशैको घटस्थापनाको दिन घरघरमा राखेर र दशैमा टीकासँग लगाउने जमरा सोच्छौँ । तर, बजारमा पिउँने जमराको जुस पनि आएको छ ।

भृकुटीमण्डपमा संचालित २९औँ राष्टिय औद्योगीक बस्तु तथा प्रविधि प्रदर्शनी मेलाको ५५ नं.को स्टलमा तयारी खानेकुरा, पिठोहरु, अचार र अर्गानिक जमरा राखिएको छ । उक्त स्टलकी संचालिका हीरादेवी तिमल्सीनाले भनिन् -‘यो व्यवसाय हामीले ९ जनाबाट ९ लाख उठाएर संचालमा ल्याएका छौँ । ओम शान्तिचोक शान्ति नगरमा एउटा घरनै भाडामा लिएर जमरा उत्पादन गरिरहेका छौं । अहिले हामीकोमा फार्म भरेर जमराको जुस खान ९६ जना छन् । हामीले उत्पादन गर्ने जमराको बिउँ जुम्ला र सिन्धुपाल्चोकबाट अर्गानीक ल्याएर उत्पादन गरिरहेको छौं । साथै मेलामा यसका बारेमा हुने फाइदाहरुको जानकारी पनि दिइरहेका छाैँ ।’

जौकाे जमरामा भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ । यसले विभिन्न किसिमको भिटामिन प्रदान गर्छ । जमराले कलेजोमा भएको विशाक्त पदार्थलाई हटाउँन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फुर्ति बढाउँन, पाचन शक्ति मजवुत् बनाउँन, रगत सफा राख्न मद्दत गर्छ । क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहीलाई समेत फाइदा हुने तिमल्सीनाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.