नयाँ वर्षको अवसरमा हुन्डाइको गाडी किन्दा ७ लाख रुपैयाँसम्म छुट, ३ वर्षको वारेन्टी

  २०७४ चैत ९ गते १७:३५     विकासन्युज

काठमाडौं । हुन्डाइ मोटर्सको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा ‘हुन्डाइ न्यू इयर डिलाइट’ नामक योजना शुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हुन्डाईको गाडी खरिद गर्दा ७ लाख १३ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

बिहिबारदेखि(चैत ८ गते) लागू भएको यो योजना आगामी बैशाख २३ गतेसम्म लागू हुनेछ । सो समयअवधिभर ग्राहकले गाडी एक्सचेन्ज र फाइनान्सिङको सुविधा पनि पाउनेछन् ।

यस योजना अवधिभर कम्पनीको दुई गाडीको खरिदमा विशेष छुट दिँदै छ । कम्पनीले इयोन गाडी खरिदमा १ लाख ६५ हजार ९ सय रुपैयाँ र स्यान्टाफे गाडी खरिदमा ७ लाख १३ हजार रुपैयाँ छुट दिइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका बजार प्रमुख आशिष ओझाका अनुसार न्यू इयर अफरमा क्यास डिस्काउन्ट र इन्स्योरेन्सको भ्यालु पनि समेटिएको छ । यसका साथै, ग्राहकले हुन्डाईको गाडी खरिदमा ४ वर्षको निःशुल्क सभिर्सिङ र तीन वर्षको वारेन्टी पाउन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.