‘हाम्रो शहर तिर्खामुक्त नगर’ रिङ रोडसहित यस्ता छन् निलकण्ठ नगर विकासका कामहरु

  २०७४ चैत ८ गते १३:१२     विकासन्युज

काठमाडौं । देशकै उत्कृष्ट नगर बनाउने भन्दै चुनावमा गएका निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले नगरविकासका काम धमाधम अघि बढेको बताएका छन् ।

उनले नगरमा रिङ रोड, बस पार्क, सडक, सपिङ कम्पेक्स, भ्यू टावर र खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नगरका १४ वटा वडालाई जोड्नका लागि रिङ रोड र पर्यटन विकासलाई जोड दिन भ्यू टावर निर्माणलाई अघि बढाएका छन् ।

भिम प्रसाद ढुङ्गाना, नगर प्रमुख

यस्ता छन् नगर विकासका लागि शुरु भएका कामहरुः

रिङ रोड

निलकण्ठ नगरपालिका १४ वटा वडालाई जोड्ने रिङ रोड निर्माण प्रक्रिया अघि बढेको छ । नगपालिकाका इन्जिनियर कुमार ढकालका अनुसार रिङ रोडको डिपीआरको तयारी अघि बढेको छ । रिङ रोड ससाह रामकोट, ज्यामिरे, गोला भञ्याङ, साङकोष, धुवाकोट, खाल्टे, सुनौला बजार, तारुखर्क, तल्लोबेशी हुदै ससाहमा जोडिनेछ । ढकालका अनुसार रिङ रोडको लागि सहरी विकास कार्यलयको सहयोगमा ज्यामिरेबाट अध्यायन सुरु भएको छ ।

बस पार्क र सपिङ कम्पेक्स

नगरपालिकामा बस पार्क निर्माणका लागि वडा नं १२ जंगलेमा जग्गा लिने तयारी गरेको छ । त्यसैगरी वडा नं २ अहिले संञ्चालनमा मा रहेको बस पार्कमा सपिङ कप्पेक्स निर्माण हुनेछ । बाँकी रहेको जग्गामा ग्रामिण क्षेत्रमा जाने बस पाकिङको व्यवस्था मिलाइने इन्जिनियर ढकालले जानकारी दिए ।

भ्यू टावर

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ३६ फिट अग्लो भ्यु टावर निर्माण प्रक्रिया सुरु भएको छ । टावर वडा नं २ मा बन्नेछ । भ्यू टावर निमार्णका लागि नगरले डिजी कन्ट्रक्सनलाई जिम्मा दिएको छ । सामान्य जग्गा विवाद पछि काम सुरु भैसकेको इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावरबाट धादिङ सहित गोरखा र नुवाकोटको अधिकांश दृष्य देख्न सकिन्छ ।

हाम्रो शहर तिर्खा मुक्त नगर

दक्षिण कोरियाली सहयोगी संस्था सर्भिस फर पिसको सहयोगमा नगरको विभिन्न ठाउमा खानेपानी आयोजना सञचान गरिएको छ । यस आयोजनाबाट पतेनी, कुसुण्डे र नवलपुर लाभान्वित हुनेछन् । वडा नं ५ पतेनीमा भने आयोजना सम्पन्न भैसकेको खानेपानी योजना प्रमुख उपेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पतेनीमा लिफ्टीङबाट पानी निकाली ४० घनमिटरको ट्याङकीबाट ६० घरधुरीलाई प्रत्येक घरमा धारासहित खानेपानीको वितरण गरिएको छ ।

त्यसैगरी कुसुन्डेमा ६० घनलिटरको ट्याङकीबाट १०८ घर धुरी र नवलपुरमा ८० घनलिटरको ट्याङकीबाट २ सय २० घरधुरीलाई सुविधा दिनेगरी योजना प्रक्रिया अघि बढेको छ । आगामी ४ वर्षमा पुर्ण रुपमा नगरलाई तिर्खा मुक्त बनाउने मेयर ढुङगानाले बताएका छन् ।
यसैगरी नगरका १४ वटै वडामा इन्टरनेट सेवाको सुरुवात भैसकेको छ । नगरबासीलाई नगर सम्बन्धी जानकारी दिन निलकण्ठ एप्सको सुरुवात भएको छ ।

अहिले नगरपालिकाको सडक स्तर उनन्ती लागि काम भैरहेको छ । नगरको धादिङबेशी देखि खाल्टेसम्म सडक खण्डको स्तर विकास गर्नका लागि ५० लाखको टेन्डर प्रक्रिया अघि बढेको छ । त्यस्तै वडा नम्बर ४ र ३ लाई जोड्ने बाङगे ढुङगामा पक्की पुलको निर्माण भैसकेको छ भने २ पुल निर्माण गर्ने योजना अघि बढेको छ । यसैगरी नयाँ सहायक सडकहरुमा भने ग्राभेल तथा सडक पिच गर्ने काम भैरहेका छन् । नगरमा १४ हजार घरधुरीका ७० हजार मानिसहरू बसाेबास गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.