प्रतिकित्ता १७४० गुमाएका एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नुपर्ने, यस्तो आयो पुँजी वृद्धि योजना

  २०७४ चैत ८ गते ९:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले विद्यमान सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसपछि कम्पनीले दुई चरणमा हकप्रद सेयर निष्काशन गर्ने छ ।

पहिलो चरणमा साधारण सेयरधनीलाई १ बराबर १ दशमलव शुन्य ५ प्रतिशतको अनुपातमा प्रमोटर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनपछि यस कम्पनीका ५१ प्रतिशत प्रमोटर ४९ प्रतिशत साधारण सेयर हुनेछ ।

दोस्रो चरणमा कम्पनीले १ बराबर ३ अनुपातमा फेरी हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर, १ः०५ र १ः ३ अनुपातको हकप्रद सेयर निष्काशन पछि कम्पनीको सेयर पुँजी एक अर्ब १२ करोड रुपैयाँ हुने छ ।

कम्पनीको यसअघि साधारणसभाले पास गरेको ६०० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय भने खारेज हुने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले गरेका यी निणर्यलाई पारित गर्न कम्पनीले आउदो बैशाख १० गते २३ औं वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी चैत २६ गते बुक क्लोज गर्दै छ ।

६०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेपछि कम्पनीको सेयर प्रतिकित्ता २ हजार ९३० रूपैयाँमा काराेबार भएकाे थियाे । चैत ७ गते यस कम्पनीको सेयर ११९२ रुपैयाँमा कारोबार भएको छ । प्रतिकित्ता १७४० रुपैयाँसम्म गुमाएको यस कम्पनीका सेयरधनीले अब प्रमोटर सेयर किनेर चित्त बुझउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.