२०७४ चैत ७ गते १८:०७ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ५०औँ एसियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको उक्त च्याम्पियनसिप उपाधि हासिल गर्ने महर्जनलाई सम्मान स्वरुप उक्त रकम प्रदान गरेको हो ।
साथै, खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.