पर्यटकको बसाई लम्ब्याउन निजी क्षेत्रको माग

  २०७४ चैत ७ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँंग बुधबार सिंहदरबारमा भेट गरेको छ । भेटमा चेम्बरले आर्थिक कुटनीतिलाई अगाडी सार्नु पर्नेमा जोड दिएको छ । निजी क्षेत्रको समसामायिक विषय जानकारी गराउदै चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरुमा पर्यटनको सम्भावना रहेकोले नेपाल भित्रिने पर्यटकहरुलाई लामो समय मुलुकमै बस्ने वातावरण बनाउनुपर्ने माग परराष्ट्र मन्त्री ज्ञवाली समक्ष गरे ।

त्यस्तै उनले वैदेशीक व्यापार बढाउन तातोपानी, कोरला लगायतका नाकाहरुलाई व्यवस्थित बनाउनु पर्ने जोड गरे । ती नाकाहरुबाट दुई दिनमा आइपुग्ने सामान अन्य नाकाहरुबाट आउन लामो समय लाग्ने भन्दै त्यसले अन्तत व्यापारमा समस्या निम्तिएको जानकारी गराए ।

मन्त्री ज्ञवालीले आर्थिक विकास आफ्नो पहिलो उद्देश्य रहेको निजी क्षेत्रलाई बताए । सोही अनुसार विदेशी कुटनीतिलाई अगाडी बढाउने उनको भनाइ छ । आर्थिक विकास अन्तर्राष्ट्रिय सम्बन्धको आधार भएको उनले पनि त्यसलार्इ ध्यान दिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.