राम्रा कम्पनीको पनि सेयर मूल्यमा गिरावट, बुटवल पावरको एफपीओ भन्दा सस्तो

  २०७४ चैत ७ गते १३:१०     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि राम्रा मानिएका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार दिउसोसम्म सेयर बजार घटेर १ हजार २३४ अंकमा आएको छ ।

गत साता बिहीबार बजार १ हजार २८८ अंकमा थियो । ४ दिनमा बजार ५४ अंकले घटेको छ । राम्रा कम्पनीको सेयर मूल्यमा कमी आएको छ ।बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) को भन्दा तल झरेको छ । बीपीसीले ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । बुधबार बीपीसीको सेयर मूल्य घटेर ४८२ रुपैयाँमा आएको छ ।

यस्तै १ हजार रुपैयाँ माथि सेयर मूल्य रहेको एभरेष्ट बैंकको घटेर प्रतिकित्ता घटेर ६९५ रुपैयाँमा आएको छ । नविल बैंकको सेयर मूल्य पनि घटेर ९९७ रुपैयाँमा झरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य घटेर ८८० रुपैयाँमा आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६४७ रुपैयाँ छ । यस्तै नागरिक लगानी कोषको घटेर २ हजार ७००, सिटिजन्स बैंकको ३ सय भन्दा तल झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.