अर्थमन्त्रीसँग व्यवसायीको आग्रह-ब्याजदर नियमनमा हस्तक्षेप गर्नुस्

  २०७४ चैत ६ गते १९:१६     विकासन्युज

काठमाडौं । लगानीयोग्य पुँजीको अभाव देखाउदै बैंकले ब्याजदर दोब्बर बढाएको व्यवसायीले गुनासो गरेका छन् ।बैंकको चर्को ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या पारेको भन्दै यसलाई घटाउन व्यवसायीले सरकारको ध्यानकर्षण गराएका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको ब्याजदर दोब्बर बढेर १४ प्रतिशत पुगेको जाकारी दिएका छन् ।अर्थमन्त्री डा. युवराज खतिवडासंग मंगलबार भएको भेटमा अध्यक्ष श्रेष्ठले ७ प्रतिशत हारहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढेर १४ प्रतिशत कटेको जानकारी गराएका थिए ।

उनले १४ प्रतिशत ब्याजमा पनि कर्जा नपाएको गुनासो गरे । हालको ब्याजदरले व्यवसाय गर्न नसक्ने अवस्था आएको भन्दै उनले घटाउन अर्थमन्त्री खतिवडाको ध्यानकर्षण गराएका छन् । चर्को ब्याजको मारमा उद्योगी व्यवसायी परेको श्रेष्ठले गुनासो गरेका थिए ।

अर्थमन्त्री खतिवडाले बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको बताएका थिए । ब्याजदर घटाउने र लगानीयोग्य पुँजीकालागि आवश्यक नीति नियम तर्जुमा गरिने उनले जानकारी गराएका थिए ।

बैंकमा लगानीयोग्य पुँजी नभएपछि निक्षेप तान्न बैंकले मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् । यस्तै साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदर बढाउदा पनि बढाउन सकेका छैनन् ।

पुँजी,कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेपछि अधिकाँश बैंकले कर्जा लगानी गर्न छाडेका छन् । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.