प्रभु बैंकले कृषि भण्डारण कर्जा शुरु गर्ने, कृषकले साहुको चर्को व्याजबाट सुरक्षा पाउने

  २०७४ चैत ६ गते १८:३८     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखाले भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड र युकेएड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा(वेरहाउस रिसिप्ट लोन) शुरु गर्न लागेको छ । सोमबार एक कार्यक्रमबीच उक्त कृषि भण्डारण कर्जाको उद्घाटन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी यस कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले यो कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको बताएका छन् । साथै, यसले यस क्षेत्रका कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ती गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् ।

बाँके तथा बर्दिया क्षेत्र खासगरी कृषिमा आधारित ग्रामिण क्षेत्र भएको र यस क्षेत्र आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएको छ । त्यसैले यस क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्थामा आबद्ध कृषकलाई मध्यनजर राख्दै कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने बैंकका शाखा प्रबन्धक बिकेशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रभु बैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका आफ्ना विभिन्न शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा यु.के.एड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ ।

कार्यक्रममा ९५ जना भन्दा बढी विभिन्न कृषक र कृषि पेशामा आबद्ध व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.