उच्चशिक्षा अध्ययनका लागि कलेज जाने दिन गए, घरमै बसेर अध्ययन गर्न खुल्यो नेपाल खुला विश्वविद्यालय

  २०७४ चैत ५ गते ११:००     राजाराम न्याैपाने

काठमाडौं । तपाई सधै कलेज गएर उच्चशिक्षा लिइरहनु भएको छ ? तपाईले उच्चशिक्षा लिनका लागि कलेज जान समय दिन सक्नु भएको छैन वा कलेज जान झण्झट मानिरहनु भएको छ ? अब चिन्ता नलिनुस अब यस्ता दिन सकिएका छन् । नेपालमा पनि कलेज नगइ उच्चशिक्षा अध्ययन गर्न सकिने भएको छ । यसका लागि नेपाल खुला विश्वविद्यालय सञ्चालनमा आएको छ ।

एक महिनापछि नेपालमा खुल्ला विश्वविद्यालयमा पढाई सुरु हुने भएको छ । घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने गरी खुल्ला विश्वबिद्यालय सञ्चालन हुन लागेको हो । अहिले नेपालमा नौ वटा विश्वविद्यालयमा उच्च शिक्षाको अध्ययापन हुने गरेको छ । खुला नेपालको १० औं विश्वविद्यालय हो ।

विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयको लिने शुल्कमै खुला विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न पाइनेछ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ ।

विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ ।

यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ । विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।

यी संकायका लागि विश्वविद्यालयले चैत २१ गतेसम्म भर्ना खुलाएको विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले बताए । उनकाअनुसार त्यसपछि पढाई सुरु हुने छ ।

यसरी हुनेछ अध्ययन

भर्ना भएपछि विश्वविद्यलयले विद्यार्थीलाई युजर नेम र पासपोर्ट दिन्छ । त्यसमा फेसबुका म्यासेजमा जसरी नै पढाईको जानकारी लिन र नबुझेका कुरा सोधन सकिन्छ । विद्यार्थीले आफ्नो विषयकोमात्र यसबाट जानकारी लिन पाउछन् । अनलाइन कक्षामा यतिनै राख्ने भनेर एकिन भएको छैन यसका बारेमा छलफल भैरहेको पन्तले जानकारी दिए । सातै वटा प्रदेशकमा केही समय पछि संचालमा आउने उनले बताए ।

नेपालीलाई मात्र भर्ना खुलाउने पछि जुसुकै स्थानबाट पनि अध्यन गर्न र परीक्षामा भाग लिन सक्ने तरीकाले संचालन गर्ने छौ । यस विश्वविद्यालय अरु विश्वविद्यालय भन्दा अझ बढि प्रभाबकारी हुने समेत पन्तले बताए । उनले भने त्रिभुवन विश्वविद्यालयमा स्नातक गरेकाले खुल्ला विश्वविद्यालय स्नातकोत्तर गर्न पाउँने र खुल्ला विश्वविद्यालयमा स्नातक गरेकाल त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर गर्न पाउँने छन् ।

खुल्ला विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयको भन्दा सकेसम्म कम वा त्यस बराबर हुने छ । अध्यनका लागि त्रिभुवन विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको समय बराबर हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.