तारा एयरले सगरमाथा क्षेत्र सर-सफाईका लागि १०० टन फोहोर एयरलिफ्ट गर्ने

  २०७४ चैत ४ गते १८:२७     विकासन्युज

लुक्ला । यती एअरलाईन्स–तारा एयरले २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौंमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । एयरले खुम्बु: पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा उक्त काम गर्न लागेको हो ।

एअरलाइन्सले शनिवार लुक्ला एयरपोर्टमा एक कार्यक्रम आयोजना गरेर पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरेको हो । एअरलाइन्सले सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । सो दिन लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।

यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौं पुर्याइनेछ ।

एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछन् भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौंको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्दछ । सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् ।

यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यस्तो सहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वल प्राकृतिक अवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँने बताएका छन् ।

लुक्लाबाट काठमाडौं फोहोर एयरलिफ्ट गर्ने यस कार्य एक बहुमूल्य सहयोगको रूपमा देखिएको खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिकाका अध्यक्ष तथा एसपीपीसीका उपसभापति निम दोर्जी शेर्पाले बताए । यस्ता गतिविधिहरूले नैतिक र जिम्मेवार व्यवसाय संस्कृतिको प्रचार गर्न मद्दत गर्नेछ, जसले अन्ततः दिगो विकास लक्ष्य प्राप्त गर्न योगदान पुर्याउनेछ”, नेपालका लागि संयुक्त राष्ट्र संघका स्थानीय संयोजक तथा यूएनडीपीका स्थानीय प्रतिनिधि वालेरी जुलियानले भनिन् । “हामी व्यापारीक समुदायलाई एसडीजी प्रचार गर्ने हाम्रो प्रयासमा एक महत्वपूर्ण साझेदार मान्दछौं र देशको स्थायी विकासमा उनीहरूको सक्रिय संलग्नताको लागि प्रोत्साहित गर्दछौँ ।”

यो अभियान एअरलाइनको २००८ देखि शुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरणप्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.