सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आयात निर्यात सुचारु हुने

  २०७४ चैत ४ गते १८:२२     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द हुँदै आएको आयात निर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा व्यवसायीहरुसँंग भएको सहमतिअनुसार प्रबन्ध शुल्क लिएर वन्द आयात निर्यात कार्यलाई सुचारु गर्ने विश्वास दिलाएका छन्।

वरिष्ठ उपाध्यक्ष मल्लको नेतृत्वमा चेम्वर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, नेफाका सभापति प्रकाश सिंह कार्की, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे लगायत सहभागी रहेको टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी अघि बढ्ने  विश्वास दिलाएको बताइएको छ ।

यसअघि बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट आयात निर्यात गरिने माल सामानहरुको कार्गो प्रवन्धशुल्क बृद्धि गरिएको थियो । बृद्धिपछि व्यवसायीहरुले विरोधस्वरुप चैत १ गतेदेखि आयातनिर्यात ठप्प पार्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलिबाट चैत्र १ गतेदेखि लागु हुने गरी सूचना जारी गरी शुल्क बृद्धि गरेको थियो ।

नेपाल चेम्वर अफ कमर्सले बिगतमा सरोकारवाला सवै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष पनि राखेको थियो । यस सम्वन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई सुझावहरु प्रस्तुत गरे अनुसार शुल्क कायम गर्ने मौखिक सहमति समेत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.