नयाँ वर्षको अवसरमा महिन्द्रा टु ह्वीलले ल्यायो विशेष योजना, स्क्र्याचमा २०७५ गुणा रकम छुट

  २०७४ चैत ४ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै नयाँ वर्ष २०७५ को उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । सो अवसरमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५ देखि १०० सम्मलाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्नुहुने छ ।

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.