मद्क्युखोलाबाट १३ मेगावाट बिजुली उत्पादन सुरु

  २०७४ चैत ४ गते १२:५२     विकासन्युज

काठमाडौं । निजी लगानीमा निर्माण भएको मद्क्युखोला जलविद्युत आयोजनाबाट १३ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । सिक्लेस हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गरेको सो आयोजनाबाट शनिबारदेखि नै बिजुली उत्पादन सुरु भएको हो ।

सुख्खाले गर्दा नदीमा पानीको वहाव कम भएपछि आयोजनाबाट ५ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । दुई सातापछि व्यवसायीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजना २ अर्ब २१ करोड रुपैयाँमा सम्पन्न भएको छ । भूकम्प, भारतीय नाकाबन्दीका कारण आयोजनाको निर्माण अवधि लम्बिएको छ । नेपाल बैंक लिमिटेडको अगुवाईमा सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बंगालादेश बैंक, एनआइडिसी डभेलपमेन्ट बैंक,कृषि विकास बैंकको ऋण लगानी छ । चालु आर्थिक वर्षमा निजी तथा सार्वजनिक क्षेत्रबाट गरी १३८ मेगावाट बिजुली थप हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.