नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा चैत २८ मा, सेयरधनीलाई दिने ७०.५३ प्रतिशत लाभांश पारित गर्ने

  २०७४ चैत ४ गते १०:२२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा चैत २८ गते वीरगञ्जमा हुने भएको छ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरिएको ७०.५३ प्रतिशत लाभांश स्वीकृत गर्नेछ ।

कम्पनीले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।कम्पनीले ८८ करोड ३२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । सभाले अधिकृत पूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्ने जानकारी नेपाल लाइफले दिएको छ ।

चुक्तापुँजी बढ्ने भएपछि अधिकृत पूँजी बढाउने तयारी नेपाल लाइफको छ । कम्पनीमा संस्थापक सेयर घटाउने प्रस्ताव सभाले पारित गर्ने भएको छ । हाल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्वलाई परिवर्तन गरी ६० र ४० बनाइने नेपाल लाइफले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.