उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो पटक निर्वाचित

  २०७४ चैत ३ गते १४:१३     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उम्मेदवारी दिएन् । उनी निर्वाचित भएको अाैपचारिक घाेषणा आइतबार मात्र हुनेछ । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् ।

यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती र राजेन्द्रप्रसाद गौतम छन् ।

३ वर्षअघि उनी उपराष्ट्रपति भएका थिए । वाम गठवन्धनका तर्फबाट नन्दबहादुर पुनः उपराष्ट्रपति हुने अवसर पाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.